नयाँवर्षमै शितलादेवी मन्दिरको दानपेटिकाबाट नगद चोरी (भिडियोसहित)

पाेखरा | बैशाख ४, २०८०

नयाँवर्षमै शितलादेवी मन्दिरको दानपेटिकाबाट नगद चोरी (भिडियोसहित)

पोखरा:   नयाँ वर्षको मध्यरातमा पोखरा महानगरपालिका १२ स्थित शितलादेवी मन्दिरको दानपेटिकाबाट नगद चोरी भएको छ । 


नयाँ वर्ष (शुक्रबार)को मध्यरातमा मन्दिरमा राखिएको दानपेटिकामा भएको नगद चोरीे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुवनप्रकाश आचार्यले जानकारी दिए । 


उनका अनुसार १ गते राती तीनजना युवाले मन्दिर परिसरमा पुगेर दानपेटिकामा भएको करिब १५/२० हजार नगद चोरी गरेका हुन् । ‘नयाँ वर्षको मध्यरातमा तीनजना युवाहरुले मन्दिरमा राखिएको दानपेटिकाको ताला फुटाएर नगद चोरी गरेको सिसीटिभीमा देखिएको छ, अध्यक्ष आचार्यले भने, ‘दानपेटिकामा अनुमानित १५/२० हजार थियो । नगद चोरी भएपछि वडा कार्यालय रामबजारमा उजुरी दिएका छौं ।’


तीनजना युवाहरुले दानपेटिका फुटाएर नगद चोरी गरेपनि अन्यमा क्षति नभएको आचार्यले बताए । सो घटनाबारे उजुरी दर्ता गरि वडा प्रहरी कार्यालय रामबजारले अनुसन्धान कास्की प्रहरीले जनाएको छ ।
 

भिडियो:-

 

 

 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्